दफा १६
वस्तु वा कारोबारको सीमा निर्धारण गर्न सक्ने
(१) एक पटकमा कारोबार गर्न सकिने वस्तुको सीमा बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) वस्तुको सीमा निर्धारण गर्दा त्यस्तो वस्तु वा कारोबारको किसिमको आधारमा छुट्टाछुट्टै गर्न सकिनेछ ।
(३) प्राकृतिक व्यक्ति वा संस्थाले आफ्नो स्वामित्वमा राख्न पाउने वस्तुको सीमा तोकिए बमोजिम हुनेछ ।